भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

ज्येष्ठ नागरिकलाई खुसी दिने अभियान

ज्येष्ठ नागरिकलाई खुसी दिने अभियान

तुलसीपुर । ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको छ ।उपमहानगरपालिकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । उपमहानगरपालिकाका १९ वडाका ज्येष्ठ नागरिकलाई बलाङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । “हामीले १९ वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाको सिफारिसका आधारमा उहाँहरुलाई ती कपडा वितरण भयो ।”

अतिविपन्न, गरिब, न्यानो कपडा किन्न नसक्नेलाई लक्षित गरी प्रत्येक वडाबाट १५ जनालाई वितरण गरिएको उपप्रमुख चौधरीको भनाइ छ । अहिले बजेट न्यून भएकाले प्रत्येक वडाबाट १५ जनालाई मात्रै वितरण गरिएको भए पनि अर्को पटक यसलाई बढाउने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो । सबै वडा–वडामा पुगेर न्यानो कपडा वितरण गरिएको हो । साथै आगामी वर्षदेखि ज्येष्ठ नागरिकको घर–घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाउने बताउनुभयो ।विपन्न ज्येष्ठ नागरिकको अवस्था दयनीय भएको जनाउँदै सहयोग गर्नु सकारात्मक कार्य रहेको ज्येष्ठ नागरिक मञ्च लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीले बताउनुभयो । “धेरै ज्येष्ठ नागरिकले आर्थिक अवस्था कमजोर हुँदा चिसो खप्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “यसलाई मध्यनजर गरि जुन कार्यक्रम भएको छ, यो एकदमै सकारात्मक छ ।”

 


Thali Mobile Pvt.Ltd.