भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

ज्येष्ठ नागरिक दिवा सेवा अक्षयकोष शुभारम्भ

ज्येष्ठ नागरिक दिवा सेवा अक्षयकोष शुभारम्भ

परासी ।नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालनार्थ अक्षयकोषको शुभारम्भ गरिएको छ । सुनवल नगरपालिका–४ स्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्वारा आज आयोजित समारोहमा संस्थाले स्थापना गरेको रु २५ लाखको अक्षयकोषको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले शुभारम्भ गर्नुभयो । सो अवसरमा मन्त्री त्रिपाठीले तीव्र विकास र व्यस्त जीवनशैलीले आमाबुबा र छोराछोरीबीचको सम्बन्ध टाढा हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यो समस्या सामाजिक समस्याका रुपमा विकास हुँदै गएकाले यसको निराकरणका लागि सरकारले पहल गर्ने उहाँको भनाइ थियो । मन्त्री त्रिपाठीले आमाबुबालाई हेला गर्ने प्रवृत्ति बढिरहेको बेला संस्थाले राम्रो प्रयास गरेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाले २०७२ सालदेखि नै ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष गोपाल आचार्यले राससलाई जानकारी दिनुभयो । दैनिक ८० देखि १३० जनासम्म ज्येष्ठ नागरिक सो संस्थामा आएर एकापसमा भलाकुसारी गर्ने, दुःख–पीडा आदानप्रदान गर्ने, मनोरञ्जन गर्दै दिन बिताउने गरेका छन् ।

घरपरिवारको हेरचाह पाउन नसकेका ज्येष्ठ नागरिकलाई यसरी दैनिकरुपमा सेवा गर्दै खाजा खुवाउने गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । अक्षयकोष स्थापनापछि त्यसबाट आउने ब्याजले ज्येष्ठ नागरिकको खाजा खर्च र कर्मचारीको तलब भुक्तान गरी यस कार्र्यक्रमलाई निरन्तरता दिन सकिने विश्वास गरिएको उहाँले बताउनुभयो ।रासस

 


Thali Mobile Pvt.Ltd.