भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

झापामा चार विघाको धान नष्ट

झापामा चार विघाको धान नष्ट

दमक । झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ । गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए। धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी भएको हो । आगलागीबाट रु दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.