भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

झापा र मोरङमा कुष्ठरोगको जोखिम

झापा र मोरङमा कुष्ठरोगको जोखिम

झापा । प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन् । प्रदेशमा रहेका ३८५ जना नयाँ कुष्ठरोगीमध्ये झापामा १६४ र मोरङमा १०३ जना र सुनसरीमा २९ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्य जिल्लामा भने नगन्य रुपमा रहेका छन् । कार्यालयका कुष्ठरोग फोकल पर्सन तारादेवी सुवेदीले प्रति १० हजार जनसङ्ख्यामा बिरामीको प्रकोप दर झापामा १ दशमलव ४२ र मोरङमा १ दशमलव २१ रहेको छ । यी दुवै जिल्ला उच्च जोखिममा रहेको उनको भनाइ छ ।

कुष्ठरोगलाई सन् २०३० सम्ममा शून्य बनाउने लक्ष्य लिएको उनले बताइन् । उनले कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचारप्रसार गर्ने, बिरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलब्धता बारेमा जानकारी गराउने, कुष्ठरोगको शङ्का लागेका बिरामीलाई स्वास्थ्य संस्थामा पठाइ रोग निदान र उपचारमा सहयोग पु¥याउने, बिरामी र प्रभावितलाई आफ्नो परिवार र समुदायमा भेद्भाव हुन नदिन रोगबारेमा सत्यतथ्य जानकारी दिइने उनको भनाइ छ ।

उनले मानव अधिकारको सम्मान गरी भेद्भाव हटाउने, कुष्ठरोगविरुद्धको विभेदकारी कानुनको उन्मूलन गर्न तीन तहको सरकारसँग पहल गर्ने जानकारी दिइन् । जनस्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलले कुष्ठरोग सुरुवा रोग भएका कारण विशेषगरी बाक्लो बस्तीमा बस्ने तराईमूलका समुदाय, विपन्न परिवारमा बढी देखिने गरेको बताए । प्रदेश नम्बर १ का कुष्ठरोगीको पहिचान गरेर नियमित औषधि खुवाउने र जटिल समस्यामा भएमा धुनषा जिल्लाको लालगढ र काठमाडौँ आनन्दवन अस्पताल उपचारका लागि पठाउने गरेको उनले जानकारी दिइन् ।

 


Thali Mobile Pvt.Ltd.