भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ । यस वर्षको दसैँ र तिहारको अवधिमा लाखौंको झिनिया र सेल रोटीको व्यापार भएको छ । बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार दसँै तिहारको एक महिनाको अवधिमा एक जनाले रु एक लाख देखि रु दुई लाखको बिक्री गरेका छन् । बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या बीस जना भन्दा धेरै छ ।

उद्यमी सिर्जना श्रेष्ठले दसैं तिहारको अवधिमा सेल रोटी र झिनियाको माग अत्यधिक भएको बताउनुभयो । “दैनिक पाँच सय वटासम्म सेल रोटी बिक्री भएको छ,” उहाँले भन्नुभयो “घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनियाको माग बढेको छ ।”

सेलरोटी र झिनियाको साथै चिनी, फिनी, झेली, फुल रोटीको पनि उत्पादन र बिक्री वितरण हुन्छ । सेलरोटी प्रतिगोटा रु. ३०, चिनी र फिनी रोटी प्रतिगोटा रु पचासका दरले बिक्री हुने गरेको छ । झिनिया आकार अनुसार प्रतिगोटा रु दश देखि पन्ध्रमा बिक्री हुन्छ । बेनीका उद्यमीले उत्पादन गरेको झिनियाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत आयात भएको उद्यमी राधा बोगटीले बताउनुभयो ।

सीप भएका महिलालाई फुर्सद्को समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको बोगटीले बताउनुभयो । हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ ।

चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । बनाउन झञ्झटिलो भए पनि झिनियाको व्यापार गर्नेको कमाइ भने राम्रो छ । बेनीको मङ्गलाघाटकी बुद्धीमा बुढाले एक महिनायता दुई लाख रुपैया भन्दा बढीको झिनिया रोटी बिक्री गरेको बताउनुभयो । ग्राहक घरमै आउने भएकाले बजारको समस्या छैन् । स्वास्थ्यकर्मी भने झिनिया बनाउदा, सुकाउदा, भण्डारण र उपभोग गर्दा सरसफाइमा ध्यान दिनुपर्ने बताउछन् ।

 


Thali Mobile Pvt.Ltd.