भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ । यस वर्षको दसैँ र तिहारको अवधिमा लाखौंको झिनिया र सेल रोटीको व्यापार भएको छ । बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार दसँै तिहारको एक महिनाको अवधिमा एक जनाले रु एक लाख देखि रु दुई लाखको बिक्री गरेका छन् । बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या बीस जना भन्दा धेरै छ ।

उद्यमी सिर्जना श्रेष्ठले दसैं तिहारको अवधिमा सेल रोटी र झिनियाको माग अत्यधिक भएको बताउनुभयो । “दैनिक पाँच सय वटासम्म सेल रोटी बिक्री भएको छ,” उहाँले भन्नुभयो “घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनियाको माग बढेको छ ।”

सेलरोटी र झिनियाको साथै चिनी, फिनी, झेली, फुल रोटीको पनि उत्पादन र बिक्री वितरण हुन्छ । सेलरोटी प्रतिगोटा रु. ३०, चिनी र फिनी रोटी प्रतिगोटा रु पचासका दरले बिक्री हुने गरेको छ । झिनिया आकार अनुसार प्रतिगोटा रु दश देखि पन्ध्रमा बिक्री हुन्छ । बेनीका उद्यमीले उत्पादन गरेको झिनियाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत आयात भएको उद्यमी राधा बोगटीले बताउनुभयो ।

सीप भएका महिलालाई फुर्सद्को समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको बोगटीले बताउनुभयो । हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ ।

चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । बनाउन झञ्झटिलो भए पनि झिनियाको व्यापार गर्नेको कमाइ भने राम्रो छ । बेनीको मङ्गलाघाटकी बुद्धीमा बुढाले एक महिनायता दुई लाख रुपैया भन्दा बढीको झिनिया रोटी बिक्री गरेको बताउनुभयो । ग्राहक घरमै आउने भएकाले बजारको समस्या छैन् । स्वास्थ्यकर्मी भने झिनिया बनाउदा, सुकाउदा, भण्डारण र उपभोग गर्दा सरसफाइमा ध्यान दिनुपर्ने बताउछन् ।

 


Thali Mobile Pvt.Ltd.