भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा एमालेको आपत्ति

आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा एमालेको आपत्ति

काठमाडौं । एमालेले आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा आपत्ति जनाएको छ । १. सामाजिक सञ्जाल र विद्युतीय माध्यममा निर्वाचनको प्रचारप्रसार गर्न र विचार राख्न रोक लगाइएको विषयमा असहमति जनाएको छ ।

२. निर्वाचित भएर पदमा पुगेकाहरुलाई प्रचारप्रसारमा संलग्न हुन निषेध गरेको व्यवस्थामा आपत्ति जनाएको छ ।

३. सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट हुने चुनाव प्रसारप्रसारमा गरिएको कसिलो व्यवहारमा चित्त दुखाएको छ ।
४. उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने विषय, मतदात अधिकृत लगायतले गर्ने कुनै निर्णयमा विवाद गर्ने छैन भन्ने प्रावधानमा असहमति छ ।

पालना हुन नसक्ने नियम जारी गरेर निर्वाचन गर्न खोजेकाले आफूहरुले असहमति जनाएको एमालेले बताएको छ । ‘फुटबल खेल्न गएको खेलाडीलाई भुईंमा नै नटेकी गोल हान्नुपर्छ भने जस्तै नियम किन भनेर आपत्ति जनाएको हो । सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट निर्वाचन प्रचारप्रसारमा रोक लगाउदा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संकुचन हने एमालेको ठहर छ ।

 


Thali Mobile Pvt.Ltd.