भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

टीकापुरमा वडा विभाजन विवादमा

टीकापुरमा वडा विभाजन विवादमा

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतीक दलबीच भएको सहमती विवादमा तानिदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन दिनपछि ६ वटा वडा बनाउने सहमती गरेका छन् । कूल ५ वडामा सहमती गरेका राजनीतिक दलले वनगाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमती फेरेका हुन् ।

यता ६ वडा बनाउने सहमती गरेपछि टीकापुरका सबै पार्टीका युवाहरुले ६ वडाको विरोध गर्दै शुक्रबार नगरपालिकामा तालाबन्दी गरेका छन् । एमाले नेता श्याम खत्री सबैका आ–आफ्नै समस्या, स्वार्थ, माग र बुझाइका कारण राजनीतिक दल निर्णय बदल्न वाध्य भएका बताउनुभयो । ‘‘नगरपालिकामा कुनै पनि दलको बहुमत छैन, हामी राजनीतिक दललाई सहमती गरिदिन आग्रह गरियो’’, नेता खत्रीले भन्नुभयो, ‘‘शुरुमा ५ वडामा सहमती दियौँ, फेरि विवाद भयो । बिहीबार आफ्नै निर्णय बदलेर ६ वडा बनाउने सहमती ग¥याँै तर विवाद सकिएको छैन ।

यहाँ सबैका स्वार्थ रहेकाले समस्या भएको छ ।’’ नेपाली कांगे्रसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी भने वडा विभाजन जस्तो गम्भीर विषयमा आन्तरिक पार्टी र अन्तरपार्टीबीच वृहत छलफल हुनुपर्ने भए पनि छलफल विना निर्णय गर्दा द्वन्द्व सिर्जना हुने सङ्केत देखिएको बताउनुहुन्छ । ‘‘वडा नं। १ ठूलो वडा हो । विकास निर्माण, सेवा प्रवाहमा समस्या छ । वडा विभाजन आवश्यक र गम्भीर विषय हो’’, अधिकारीले भन्नुभयो, ‘‘वृहत छलफल विना निर्णय गरेकाले राजनीतिक दलको निर्णय टिक्न नसकेको हो । छलफलबाट गएको भए द्वन्द्व सिर्जना हुने अवस्था आउने थिएन ।’’

वनगाउँका बडघर जीतबहादुर चौधरी भने ६ वडा बनाउने सहमतीलाई स्वागतयोग्य भन्दै सवैले समान रुपमा सेवा सुविधा पाउने बताउनुहुन्छ । ‘‘हामीले माग ग¥यौँ, राजनीतिक दलले सच्याएका छन्’’, चौधरीले भन्नुभयो, ‘‘सबैले समान अवसर पाउने वातावरण बन्छ । ६ वडा कार्यान्वयन हुनुपर्छ ।’’ राजनीतिक दलबीच सहमती भए पनि शुक्रबार सबै दलमा आवद्ध युवाले नगरपालिकामा तालाबन्दी गरेकाले शनिबार बस्ने नगरसभामा यो निर्णय पारित हुन्छ या हुन्न केही भन्न सक्ने अवस्था छैन ।

वडा नं। १ का वडाध्यक्ष गंगाराम आचार्य नगरसभाको दुइ तिहाइले पारित गर्नुपर्ने भएकाले जे अवस्था आउँछ त्यही हुन्छ भन्नुभयो । यसअघि ९ वडामात्र रहेको टीकापुर नगरपालिका राजनीतिक दलले १५ वडा बनाउने सहमती दिएका छन् । राजनीतिक दलले वडा नं। १ लाई ६ र २ लाई २ वडामा विभाजन गर्ने सहमती दिएका छन् । वडा विभाजनमा सहमती हुन नसक्दा असार १० गते बसेको बैठक १६ गते बसे पनि सहमती हुन नसक्दा शनिबार १९ गतेका लागि बोलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.