भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत सुर्खेतले २०६८ भदौ २८ गते ज्यान मार्ने उद्योगको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाइएका दुल्लु नगरपालिका–६ दैलेख छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार वीरेन्द्रनगर बजारबाट पक्राउ गरी एन्टिजेन परीक्षणपश्चात् सुर्खेत जिल्ला अदालतमा बुझाइएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला अदालत सुर्खेतको २०७६ पुस २ गतेको फैसलाले नौ वर्ष दुई महिना १३ दिन कैदसहित रु २५ हजार जरिवानाको फैसला गरिएका मानव बेचविखन ओसारपसार मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतका ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई पनि पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । त्यसैगरी चेक अनादर मुद्दामा अदालतले २०७७ असार १० गते रु ४२ हजार ५०० जरिवाना हुने गरी फैसला सुनाइएका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कालागाउँका ४६ वर्षीय धर्मराज गिरीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.