टुटल पुनः सञ्चालनमा आउने

टुटल पुनः सञ्चालनमा आउने

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म टुटलले बुधबारदेखि पुनः सेवा सुरु गर्ने भएको छ । नयाँ व्यवस्थापनका साथ टुटलले राइड सेयरिङ सेवा सुरु गर्न लागेको हो ।

कम्पनीले एप र सेवा परिस्कृत गर्दै किफायती सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

बुधबारदेखि नै टुटल प्रयोग गर्न चाहने सेवाग्राहीले एपमार्फत राइड सेवा लिन सक्ने व्यवस्थापक ज्याप सर्भिसेजका सहसंस्थापक रुबिक जोशीले बताए ।

टुटलको सिस्टममा हालसम्म २ हजार भन्दा बढी राइडर जोडिएको उनले जानकारी दिए ।

हाललाई राइडरहरुले निशुल्क दर्ता भई सेवा दिन पाउने व्यवस्था गरिएको छ ।

सुरुवातमा बाइक राइडरबाट १५ प्रतिशत र क्याब ९ट्याक्सी० ड्राइभरबाट १२ प्रतिशत मात्रै कमिसन लिइने निर्णय गरेको कम्पनीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.