भर्खरै : Sorry, your browser does not support inline SVG.

बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक

बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक

काठमाण्डौ । विश्व प्लास्टिक प्रदूषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेको हो ।

विश्वव्यापी प्लास्टिक उत्पादन दोब्बरभन्दा धेरैले बढेर ४६ करोड टन पुगेको छ र अब पनि केही नगरे सन् २०६० सम्ममा यो तीन गुणाले बढ्न सक्ने आँकलन छ । सन् २०२४ को अन्त्यसम्ममा विश्वका एक सय ७५ देशले समुद्र, चराचुरुङ्गीको पेट र हिमालको चुचुरोमा हुने प्लास्टिक प्रदूषणलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौतामा पुग्ने गरी काम गरिरहेका छन्।

ग्रिनपिसका वरिष्ठ नीति सल्लाहकार साम चेतन वेल्शले प्लास्टिक पोलिमरको उत्पादनलाई सीमित गर्ने योजनालाई ‘आवश्यक’ नै भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो मस्यौदा केन्याको राजधानी नैरोबीमा आउँदो नोभेम्बर १३ र १९ तारिखमा हुने नयाँ वार्ताको आधार बन्ने संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ । प्राथमिक प्लास्टिक पोलिमरको उत्पादन घटाउने मुख्य विषयलाई जोड दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.