भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए ।

घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.