भक्तपुर सल्लाघारीकी एक १३ वर्षीया बालिकालाई ट्रकमा काभ्रे लगेर सामूहिक बलात्कार

भक्तपुर सल्लाघारीकी एक १३ वर्षीया बालिकालाई ट्रकमा काभ्रे लगेर सामूहिक बलात्कार

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।झापा हल्दिबारी गाउँपालिका ५ का ३२ वर्षीय हर्कबहादुर र मोरङ उर्लाबारी नगरपालिका १ का १८ वर्षीय निदिप धिमाल छन्। उनीहरूलाई मंगलबार बिहान प्रहरीले काभ्रेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बालिकामाथि बलात्कार घटना भदौ २६ गते मध्यराति भएको, भक्तपुर नगरपालिका १ श्रृजनानगरस्थित सडकमा ती बालिका मध्यराति गाडी कुरेर बसिरहेको अवस्थामा लिफ्ट दिएर बालिकालाई प्रदेश २–०३–००१ ख १४८५ नम्बरको ट्रकका चालक र सहचालकले गन्तव्यमा पुर्‍याइदिने भन्दै काभ्रेस्थित बनेपा नगरपालिका–१२ को साझा पेट्रोल पम्प पुर्‍याएका् प्रहरीले जानकारी दिएको छ ।

त्यहाँ ट्रक रोकेर पालैपालो जबरजस्ती करणी गरेको काभ्रे प्रहरीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। करणीपछि उनीहरू ट्रक लिएर झापा भागेर गएका थिए। जबरजस्ती करणीपछि छोडिएकी ती बालिका भक्तपुर फर्किएर पुनः काभ्रे प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। त्यो ट्रक फर्किने क्रममा मंगलबार बिहान चालक र सहचालकलाई पक्राउ गरिएको खतिवडाले बताए।

बालिकालाई करणी गरेको स्वीकार गरेका छन् । भक्तपुर सल्लाघारीमा बुवाआमासँग बस्दै आएकी ती बालिका रुपन्देहीकी हुन्। पक्राउ परेका व्यक्तिले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिएपछि उनी बुवाआमाकहाँ फर्किएकी थिइन्।

बुवाआमाले अस्वाभाविक रुपमा छोरीलाई देखेपछि सोध्दा उनले घटनाबारे बताएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए। पक्राउ परेका ट्रकका चालक र सहचालकलाई जबरजस्ती करणी मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.