भर्खरै : Sorry, your browser does not support inline SVG.

एपीएफ विशेष टोलीद्वारा हतियार सहित एक जना पक्राउ

एपीएफ विशेष टोलीद्वारा हतियार सहित एक जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी ब्युरोको विशेष टोलीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ । हतियार बोकेर हिरिहेको अवस्थामा सशस्त्र प्रहरी ब्युरोको विषेष टोलीले बुधबार तारकेश्वर नगरपालिका जितपुरफेदी वर्ष २४ का सोनाम तामाङलाई पक्राउ गरेको हो ।hatiyar

हतियारसहित तामाङलाई सशस्त्र प्रहरी ब्युरोको टोलीले सितापाइलास्थित रक चिल्ली रेष्टुरेन्टबाट पक्राउ गरेको जनाएको छ र सशस्त्रको विशेष टोली उनको साथबाट मेइन जर्मनी लेखेको स्वचालित लोडेड पस्तोल त्यस्मा लाग्ने ५ राउण्ड गोली, म्याग्जीन एक थान, मोवाइल एक थान, बा ४९ प ७५६५ नम्बरको मोटरसाइकल समेत बरापद गरेको जनाए छ । थप अनुसन्धानका लागि शसस्त्रको टोलीले तामाङलाई स्वयम्भूस्थित प्रहरीवृतलाई बुझाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.