भर्खरै : Sorry, your browser does not support inline SVG.

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ ।

दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.