भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

डलरको भाउ बढ्यो

डलरको भाउ बढ्यो

काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि बढेको जनाइएको छ । नेपाल राष्ट्र बैंकले शिनिबार एक अमेरिकी डलरको बिक्रीदर एक सय २० रुपैयाँ १३ पैसा तोकेको छ । शुक्रबार बिक्रीदर एक सय २० रुपैयाँ ०८ पैसा कायम भएको थियो । यसअघि २०७६ चैतमा अमेरिकी डलरको बिक्रीदर एक सय २१ रुपैयाँ ६९ पैसा थियो ।

त्यसअघि २०७५ असोजमा एक अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा थियो । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । कोभिड(१९ पछि भारतीय अर्थतन्त्र पनि अपेक्षित रुपमा सुधार हुन सकेको छैन । यसको प्रत्यक्ष असर नेपाली मुद्रामा समेत परेको छ।

पछिल्ला महिनामा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।

 

 


Thali Mobile Pvt.Ltd.