भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

अलकायदाका वरिष्ठ नेता हमिद मारिए

अलकायदाका वरिष्ठ नेता हमिद मारिए

काठमाडौं । अमेरिकी सेनाले अलकायदाका वरिष्ठ नेता हमिद मारिएको दावी गरेको छ । सिरियामा ड्रोन हमलाबाट अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल मतार मारिएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जोर रिग्स्बीले हमिद मारिएको पुष्टि गरेको हुन ।

अमेरिकी सेनाले दक्षिणी सिरियामा रहेको आफ्नो चौकीमा आक्रमण भएको दुई दिनपछि गरेको कारवाहीमा हमिद मारिएको बताइएको छ । उक्त क्षेत्रमा सञ्चालन भएको कारवाहीमा अलकायदाका अर्का नेता सलीम अबु अहमदको पनि मृत्यु भइसकेको छ । यसअघि सञ्चालन भएको हवाइ कारवाहीमा ठूलो संख्यामा विद्रोहीहरु मारिएको अमेरिकी सेनाले दावी गरेपनि त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकी सेनाले अलकायदासँग बदला लिन हमिदलाई मारिएको पनि दावी गरेको छ । गत सेप्टेम्बरदेखि अमेरिकी सेनाले पश्चिमी सिरियाको विद्रोही नियन्त्रित्र क्षेत्रमा आफ्नो कारवाहीलाई तीव्र पारेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.