भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

‘ढकियामे नागरिकता’ माघ १ गतेदेखि प्रदर्शनमा

‘ढकियामे नागरिकता’ माघ १ गतेदेखि प्रदर्शनमा

काठमाडौँ, । जन्मसिद्ध नागरिकता पाएका आमा बुवाका छोराछोरीले वंशजका आधारमा नागरिकताविहीन हुनु परेको कथामा आधारित नाटक ‘ढकियामे नागरिकता’ आगामी माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा निर्देशक सरिता शाहको लेखन–निर्देशन रहेको सो नाटक माघ १ देखि १० गतेसम्म हरेक दिन साँझ ४ः३० बजेदेखि शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ । ‘ढकियामे नागरिकता’ नाटकको पोस्टरसमेत सार्वजनिक भएको छ ।

नाटकका माध्यमबाट विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता नपाएका कारण राज्यले दिने विभिन्न सेवा सुविधाबाट वञ्चित हुन पुगेको, भूमि नभएका कारण नागरिकता नपाएका जस्ता समस्यालाई उजागर गरिएको निर्देशक शाहले जानकारी दिनुभयो । निर्देशक शाहले भन्नुभयो, “खासगरी एकातिर संविधानमा भएको व्यवस्था कार्यान्वयन नगर्ने समस्या छ भने, अर्कोतर्फ पुरुषवादी र नस्लवादी सोचका कारण पनि महिलालाई नागरिकता लिन समस्या हुँदै आएको छ,

जन्मशिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ भन्ने त्रासलाई नाटकमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ ।”
नाटकमा राज्य सत्तामा रहेका व्यक्तिले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुन कार्यान्वयन नगर्ने, अदालतको आदेश प्रमुख जिल्ला अधिकारीले नमान्नेजस्ता समस्या देखाइएका छन् । नागरिकताको सवाल सम्पूर्ण नागरिकको अधिकारको विषय रहेको कुरालाई नाटकमा जोडदाररुपमा प्रस्तुत गर्नाका साथै कतै न कतै प्रशासनको दोषलाई पनि देखाइएको छ ।

नाटकमा कलाकार सरिता साह महोत्तरी, अनिल कुर्मी नवलपरासी, सुजिता साह महोत्तरी, राज शर्मा पङ्गेनी नवलपरासी, आदित्य मिश्रा रौतहट, हाङ ओ राई भोजपुर, रमिता यादव सिरहा, सञ्जय मुडियारी मोरङ, सुदिपजंग कार्की मोरङ, सुदीप पटेल धनुषा, सुस्मिता पोख्रेल सुनसरी, आकाश झा महोत्तरी र प्रिन्सेज शाहको अभिनय रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.