भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हिलो पटक विद्युत् पुगेपछि स्थानीयवासी उत्साहित

हिलो पटक विद्युत् पुगेपछि स्थानीयवासी उत्साहित

रामपुर । पाल्पाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत् पुगेको हो । करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । साविक ज्यामिरे गाउँ विकास समिति–१को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत् सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ ।

स्थानीयवासी मुक्तबहादुर पाटाले बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको छ भन्नुभयोे । लामो समयदेखि विद्युत् सेवाको पर्खाइमा रहेका निस्दीको ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीयवासी खुसी भएका छन् । टुकीको भरमा जीवन बिताएका यहाँका वासिन्दा विद्युत् सुविधाले गाउँ नै उज्यालो बनेको देख्दा दङ्ग भएको लालीगुराँस सामुदायिक विद्युत् सहकारी संस्थाका अध्यक्ष दुर्गबहादुर सोमैले बताए ।

 


Thali Mobile Pvt.Ltd.