भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ढुंगेअड्डामा बम भेटियो, सेनाको डिस्पोजल टोली घटना स्थलमा

ढुंगेअड्डामा बम भेटियो, सेनाको डिस्पोजल टोली घटना स्थलमा

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थ बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेपछि अहिले सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेको छ ।

कालिका पेट्रोल पम्प नजिक उक्त वस्तु भेटिएको स्थानीयले खबर गरपछि टोली घटना स्थल पुगेको हो । सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी उक्त वस्तु निष्कृय पार्न लागेको महानरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

यो रुटमा चल्ने साना तथा ठूला गाडी चल्न दिइएको छैन भने नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा र नागढुङ्गा हुँदै काठमाण्डौ आउने गाडीलेलाई उतै रोकिएको प्रहरीले बताएको छ।

काठमाण्डौको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी यही मार्गबाट ओहोरदोहोर गर्छन्। बिहानैदेखि यो नाकामा सुरक्षा चेकजाँचलाई कडाइ पारिएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.