भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ताकमकोतबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल

ताकमकोतबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल

बेनी, । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीयस्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको कोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएका उनले करिब आधा घण्टा आकासमै बिताएर ताकमको किमचौर फाँटमा अवतरण गर्नुभएको स्थानीयवासी कृष्णराज पौडेलले जानकारी दिए।

‘‘यो ताकमकोतबाट भएको पहिलो प्याराग्लाइडिङ हो, आँखै अगाडि देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै उनले प्याराग्लाइडिङ गर्नुभयो, यहाँबाट प्याराग्लाइडिङको उडान गर्ने सम्भावनालाई उजागर भएको छ’’– उनले भने । ताकमदेखि मोटरसाईकल हुँदै कोत परिसर पुगेर पर्यटकले आकासमा प्याराग्लाइडिङ गर्नुभएको थियो । खुला आकासमा चराजस्तै उडेर वरिपरिका हिमालको अवलोकनसँगै भू–सतह नियाल्नुको आनन्दले लोभ्याएको उनले प्रतिक्रिया दिए ।

ऐतिहासिक ताकम कोत मन्दिर पुनःनिर्माण गरी अन्य पर्यटन पूर्वाधार निर्माण भइरहेको अवस्थामा प्याराग्लाइडिङको सफल उडान भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । ताकम गाउँको शिरमा रहेको यो कोतमन्दिर १६ औँ शताब्दीमा तत्कालीन राजाले निर्माण गरेका थिए । पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विजया दशमीको नवदुर्गा, जेष्ठ पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बलि चढाउन यस कोतमा भक्तजनको घुइँचो लाग्नेगर्छ । कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

ताकमकोतबाट बाइसे–चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको इतिहास छ । धार्मिक दृष्टिकोणमा महत्वपूर्णस्थलको रुपमा परिचित ताकमकोत क्षेत्र पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त क्षेत्र हो । यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । धार्मिक, ऐतिहासिक महत्व बोकेको ताकमकोतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष. कलानिधि सुवेदीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.