भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ताजा जनादेशका लागि पाकिस्तानमा संसद विघटन

ताजा जनादेशका लागि पाकिस्तानमा संसद विघटन

एजेन्सी । पाकिस्तानमा संसद विघटन भएको छ । ताजा जनादेशका लागि पाकिस्तानमा संसद विघटन भएको छ । प्रधानमन्त्री शहबाज सर्रिफको सल्लाहमा राष्ट्रपति आरिफ अल्भीले त्यहाँको संसद राष्ट्रियसभा भंग गरेका हुन् ।

यही अगष्ट १२ तारिखमा पाँच वर्षे कार्यकाल पूरा हुने संसद बुधबार राती विघटन गरिएको हो । अबको ३ दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन गर्नुपर्ने छ । कार्यबाहक प्रधानमन्त्री चयनका लागि विघटित संसदमा विपक्षी दलका नेता रहेका राजा रियाजले प्रधानमन्त्री सरिफसँग बिहीबार भेटवार्ता गरेका छन ।

कार्यबाहक प्रधानमन्त्रीले ९० दिनभित्र आमनिर्वाचन गराउनु पर्ने छ । संसद विघटनसँगै प्रधानमन्त्री सर्रिफ नेतृत्वको मन्त्रिपरिषद् पनि विघटन भएको छ । निर्वाचन गराउनका लागि कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म सर्रिफ नै काम चलाउन सरकारको प्रधानमन्त्री रहने छन् ।

 


Thali Mobile Pvt.Ltd.