भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

ताडीको तेल चर्चा बढ्याे

ताडीको तेल चर्चा बढ्याे

काठमाडौं । केही समययता ताडीको तेल चर्चा बढिरहेको छ । पाम आयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने उत्पादन रहेको चर्चा हुने गर्छ । चर्चा गरिएअनुसार पाम आयल गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सबैभन्दा बढी निर्यात भएको उत्पादन हो ।

राज्यबाट निर्यात हुने सबैभन्दा ठूलो वस्तु र तथ्यांकमा निर्यात बढाउने काम भए पनि राज्यलाई पाम आयलको निर्यातबाट धेरै लाभ छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकले पनि पामजन्य उत्पादनको आयात–निर्यातबाट नेपाललाई खासै फाइदा नभएको प्रष्ट पार्दछ ।

आयातमध्ये इन्डोनेसिया, मलेसिया, पपुवा न्युगिनी, सिंगापुर र थाइल्याण्डबाट पामको कच्चा तेल आयात भएको देखिन्छ । अर्थात् राज्यलाई पामजन्य उत्पादनको आयात निर्यातबाट २१ करोड रुपैयाँ व्यापार नाफा रहेको छ । यसरी नेपाल आयात भएको पामको कच्चा तेल ५ अर्ब २६ करोड रुपैयाँ बराबरको रहेको छ ।

यसबाट ५ अर्ब ७५ करोड रुपैयाँको प्रशोधित तेल भारत निर्यात भएको छ । ती देशबाट ७ करोड ८२ लाख ३६ हजार किलो कच्चा तेल नेपाल आएको छ भने प्रशोधन भएर ५ करोड ६६ लाख ६४ हजार किलो प्रशोधित तेल भारत निर्यात भएको छ ।