भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

नेपालमा उत्पादित वस्तुको बजार विस्तार प्राथमिकतामा

नेपालमा उत्पादित वस्तुको बजार विस्तार प्राथमिकतामा

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि नेपाली राजदूत फूटी शेर्पाले नेपालका व्यवसायीहरुलाई भेटेर छलफल गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठलगायत पदाधिकारीसँग बिहीबार उनीहरुले चेम्बरकै सचिवालय जमलमा भेटबार्ता गरेका हुन् ।

भेटमा राजदूत फूजी शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।

अर्का राजदूत महेश दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्ययोजना बनाइ सहजीकरण गर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.