भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तालिबान क्रुरताको पराकाष्ठाः गोली हानी युवकको हत्या, सार्वजनिकरूपमा शव प्रदर्शन 

तालिबान क्रुरताको पराकाष्ठाः गोली हानी युवकको हत्या, सार्वजनिकरूपमा शव प्रदर्शन 

काबुल, । तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् । तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिवानको स्वेच्छाचारी हत्या बढीरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्वसुरक्षा बल र कर्मचारीलाई मारिएका छन् ।अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको दश महिनामा मानवअधिकारको अवस्थामा सुधार हुनसकेको छैन । डर, दण्डहीनता, शक्तिको स्वेच्छाचारी बल प्रयोगको वातावरणको अन्त्य, उजुरी दर्ता गर्न र शक्ति दुरुपयोगको दस्तावेजीकरण गर्न अति कठिन एवम् जोखिमपूर्ण भएको राष्ट्रसङ्घीय मिसनले बताएको छ ।

परवान, कपिसा, बाघलान, थिथर, कान्दाहार, सारीपुल, नाङ्गरहार र समङ्गनमा यातना, दुव्र्यवहार, गैरकानूनी हत्या, स्वेच्छाचारी गिरफ्तारी, नजरबन्द र जबरजस्ती विस्थापन भइरहेका बताइएको छ । अफगानिस्तानको अन्तरराष्ट्रिय दायित्व अनुरूप मानवअधिकार उल्लङ्घनलाई रोक्न र जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद् र अन्तरराष्ट्रिय फौजदारी अदालतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रसङ्घीय मिसनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.