भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

श्रीलङ्काका राष्ट्रपतिद्वारा इन्धन वितरणलाई प्राथमिकतामा राख्न निर्देशन

श्रीलङ्काका राष्ट्रपतिद्वारा इन्धन वितरणलाई प्राथमिकतामा राख्न निर्देशन

कोलम्बो, । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रेमेसिङ्घेले इन्धन वितरण प्रक्रियालाई गति प्रदान गर्न र स्कूल र सार्वजनिक यातायातको लागि इन्धन उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्न शनिबार सरकारलाई निर्देशन दिएका छन् । वरिष्ठ सरकारी अधिकारीलाई राष्ट्रको राजनीतिक गतिरोध तोड्न आ–आफ्नो स्थानबाट जिम्मेवारीवोध गर्न निर्देशन दिनुभएको हो ।

सञ्चालित सबै इन्धन डिपोबाट विद्यार्थी ओसारपसार गर्ने गाडीहरूमा इन्धन उपलब्ध गराउने आदेश दिएका हुन् । इन्धन अभावका कारण केही हप्ता बन्द भएपछि विद्यालय पुनः सञ्चालन हुने भएकाले मुलुकमा इन्धन संकट समाधान गर्न बैठकमा निर्देशन दिइएको थियो ।

माझी, किसान र पर्यटन क्षेत्रमा लागेकालाई पनि पर्याप्त मात्रामा इन्धन उपलब्ध गराउनुपर्ने राष्ट्रपतिले बताउनुभयो । विक्रमसिँघेले मुलुकको इन्धन कालोबजारी तत्काल समाधान गर्नुपर्ने बताउँदै प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिए । श्रीलङ्काले विदेशी मुद्रा अभावका कारण यस वर्षको शुरुदेखि नै इन्धन अभावको सामना गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.