‘तिमी निष्ठुरी हौ’ बेदु सारु मगर (भिडियो)

‘तिमी निष्ठुरी हौ’ बेदु सारु मगर (भिडियो)

काठमाडौँ । मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित ‘तिमी निष्ठुरी हौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ ।

गायक बेदु सारु मगरको स्वर रहेको यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन् । गीतमा गायक मगरको नै संगीत रहेको छ । दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन् ।

गोदावरीमा छायांकन गरिएको भिडियोलाई पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेका हुन् । सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

गायक मगरको आधिकारिक च्यानल ‘बेदु सारु मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको छ । भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि ‘डोली पियारी तिमी नै त हौ’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

Mohotsav


Thali Mobile Pvt.Ltd.