भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तीजको रमाइलो गर्ने क्रममा चक्कु प्रहारबाट एकजनाको हत्या

तीजको रमाइलो गर्ने क्रममा चक्कु प्रहारबाट एकजनाको हत्या

पाल्पा । तीजको रमाइलो गर्ने क्रममा एक जनाको हत्या भएको छ । तिनाउ गाउँपालिका–२ घोडेबासका सुनिल खत्रीको चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गएराति घोडेबासस्थित एक घरमा तीजको नाचगानको क्रममा दुई युवा समूहबीच सामान्य झगडा हुँदा खत्रीमाथि चक्कु प्रहार भएको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते खत्रीलाई उपचारका लागि रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हत्याको आरोपमा प्रहरीले स्थानीय चारजना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.