भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्‍याउन हटलाइन

विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्‍याउन हटलाइन

काठमाडौँ । सरकारले विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन सञ्चालनमा ल्याएको छ । सार्वजनिक निकाय, वस्तु आपूर्तिकर्ता र निर्माण व्यवसायीले सफ्टवेयरसम्बन्धी समस्या र अस्पष्टता भएमा हटलाइनमार्फत समाधान गर्न सहज हुने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले बताए ।

राज्यको ढुकुटीबाट खर्च हुने रु २० लाखभन्दा बढीका सबै खरिदमा विद्युतीय खरिद प्रणालीको प्रयोग अनिवार्य गरिएको छ । हटलाइन बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म सहयोगकक्षबाट सेवा प्राप्त हुने छ । हटलाइनबाट बोलपत्र प्रयोग, युजरनेम र पासवर्ड लिने, अद्यावधिक गर्ने, खरिद योजना तयारी, स्वीकृति, परिमार्जन र प्रकाशन गर्ने, खरिदकार्यको बोलपत्र वा प्रस्ताव कागजात तयारी, स्वीकृति र प्रकाशन गर्ने तयारीकाबारे जानकारी मिल्नेछ ।

बैठकको माइन्यूट प्रकाशन गर्ने, बोलपत्र वा प्रस्ताव खोल्ने मिति र समयका बारेमा खरिद प्रक्रियामा सहभागी बोलपत्रदातालाई प्रणालीबाटै जानकारी उपलब्ध हुनेछ । हटलाइन सेवाबाट खरिदको आशयपत्रको सूचना जारी गर्ने, खरिद निर्णयको पुनरावलोकनसम्बन्धी कार्य गर्ने, खरिदको सम्झौता र करार व्यवस्थापनसम्बन्धी कार्य गर्ने, खरिद कार्यको विद्युतीय भुक्तानी गर्ने, सार्वजनिक खरिद व्यवस्थापन सूचना प्रणाली व्यवस्थित गर्ने क्रममा प्रणालीको प्रयोगमा आएका यावत समस्याको समाधान प्राप्त गर्न सकिनेछ ।

सरकारले विकास निर्माणका सबै आयोजनाको बोलपत्र आह्वानमा धेरै व्यक्तिहरूको सहयोगिता र प्रतिस्पर्धा गर्न सकियोस् भन्ने हेतुले पछिल्लो समय विभिन्न नयाँ कार्य गर्दै आएको छ । कार्यालयको र विद्युतीय खरिद प्रणालीको वेबसाइटबाट कुन–कुन बोलपत्रको सूचना प्रकाशन भएको र म्याद कति छ भन्ने जानकारी लिन सकिने सचिव डा रेग्मीले बताए ।

 


Thali Mobile Pvt.Ltd.