भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य

विराटनगर, । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भत्रे शुभकामना व्यक्त गर्नुभएको छ । हरितालिका तीजको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा बिहीबार जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, अटल सौभाग्य समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले यस पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको भन्दै हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्न यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह गर्नुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै यसलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ, कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गर्दछु ।”

 


Thali Mobile Pvt.Ltd.