भर्खरै : Sorry, your browser does not support inline SVG.

तीन तहको सरकार बन्यो जारी संघीयता, विकास निर्माण लथालिङ्ग न यता न उता

तीन तहको सरकार बन्यो जारी संघीयता, विकास निर्माण लथालिङ्ग न यता न उता

राजतन्त्र अबसान भयो, गणतन्त्र आयो,
सरकार हाम्लाई जवाफ चाहियो, जनताले के पायो ?
ठुला दलका ठुलै नेता, ठुलै छ्न् कहानी
फर्सी जस्तै कुहिसकेका, काम नलाग्ने बानी

तीन तहको सरकार बन्यो, जारी संघीयता
विकास निर्माण लथालिङ्ग न यता न उता
करोडौं घोटाला हुने, करोडौंका गाडी
आफ्नै भत्ता बढाउना छ्न्, जताततै बाढी

रोग, शोकले मर्न थाले, जनताको विचल्ली
मन चाहिदो, मनपरि गर्ने, उडाइदिन्छ्न् खिल्ली
दुरसञ्चार र स्वास्थ्य क्षेत्र, खरीद सामाग्री
भ्रष्टाचारको छानबिन छैन, सबैलाई छ फ्री

आयल निगम, बालुवाटार, प्रेस सेक्युरिटी,
छानबिन यस्तो कहिल्यै हुन्न, एक आपसमा भेटी
नक्कली भ्याट बिल बने, वाइड बोडी विमान
जो ठूलो बेइमानी गर्ने, उसलेइ पाउने इनाम

निर्मलाले न्याय पाइनन्, छानबिन छैन सुनको
महंगीले आकाश छोयो, वेसार पानी नुनको
वेथिति, होहल्ला मात्र, शैक्षिक क्षेत्रभित्र
जागीर खाने, जागीर पाउने, आफन्त र मित्र

जनताबाट कर उठाउँछ्न्, वैदेशिक साहेता
पारदर्शीक कार्ई पाइदैन, गर्छन यता उता
सत्ताको हानथाप हुने, वैदेशिक चलखेल
नीति, विधि प्रयोग नभइ सरकार हुन्छ फेल

लोमन कुमार बडुवाल
आठबीस नगरपालिका–८, तिलेपाटा दैलेख

 


Thali Mobile Pvt.Ltd.