भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

तीन पालिकामा ‘स्मार्टएप’ सञ्चालनमा ल्याइँदै

तीन पालिकामा ‘स्मार्टएप’ सञ्चालनमा ल्याइँदै

डोटी । जिल्लाका तीनवटा पालिकामा ‘स्मार्ट पालिका एप’ सञ्चालन गरिएको छ । जिल्लाका जोरायल, केआइसिंह गाउँपालिका र शिखर नगरपालिकामा स्मार्ट पालिका एप्लिकेशन तयार गरी सञ्चालनमा ल्याउन थालिएको हो । युरोपियन युनियन र डिसिएको आर्थिक सहयोगमा सम विकास केन्द्र डोटीमार्फत सञ्चालित परिर्वतन परियोजनाले निर्माण गरेको ‘स्मार्ट पालिका एप’ ती पालिकामा हस्तान्तरण गरिएको हो ।

पालिकामा सुशासन कायम गर्नका लागि पालिकासँगको समन्वयमा गाउँपालिका तथा नगरपालिकाले गरेका कामको विद्युतीय प्रविधिमार्फत नागरिकलाई सूचना प्रवाह गर्ने र नागरिकका समस्या पनि सोही प्रविधिमार्फत स्थानीय सरकारसमक्ष पु¥याउने उद्देश्यका साथ एप निर्माण गरिएको परिवर्तन परियोजनाका जिल्ला संयोजक महेश परियारले जानकारी दिनुभयो ।

घरमै बसेर पालिकामा भइरहेका काम कारवाही तथा प्रगतिबारे नागरिकले सहज ढङ्गबाट एप्लिकेशनमार्फत सूचना पाउने भएका कारण पालिकाका नागरिकका लागि उक्त एप धेरै उपयोगी हुने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “सहज ढङ्गबाट सूचना पाउने भएकाले यो एपले नागरिकलाई निकै फाइदा हुने अपेक्षा लिएका छौँ, अब सञ्चालनमा आएपछि अन्य कुरा बुझिने छ ।

” सम विकास केन्द्रका सूचना अधिकारी पदम मिजारले पहिलो चरणमा जिल्लाका तीन पालिकालाई हस्तान्तरण गरिएको एप्लिकेशन निकट भविष्यमै सञ्चालन हुने बताउनुभयो । ‘स्मार्ट पालिका एप’मा सम्बन्धित पालिकाको जानकारी समावेश गरिएको बहुउपयोगी एप्लिकेशन भएको उहाँको भनाइ छ ।सूचना र प्रविधिको उपयोग गरेर पालिकाले गरेका कामका सम्पूर्ण सूचना हेर्न र पालिकाको व्यक्तिगत विवरणसहितको समग्र प्रोफाइल हेर्न पाइने छ ।

सेवाग्राहीले पञ्जीकरण ९जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ० सम्बन्धीका व्यक्तिगत घटना घरबाटै एपमार्फत गर्न सकिने छ । जनप्रतिनिधि तथा कर्मचारीसँग सिधै गुनासो राख्न सकिने र सोहीमार्फत जवाफ दिन पाइने भएकाले यो एप निकै उपयोगी हुने केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

पालिकामा हस्तान्तरण गरिएको एपले पालिकाको कामकाज गर्नका लागि छिटोछरितो तथा प्रभावकारी हुनुका साथै स्थानीय सरकारलाई योजना निर्माणमा पनि सहज हुने विश्वास लिइएको जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार यो एप्लिकेशनमार्फत नागरिकको अपेक्षा र सरकारले गरिरहेको काम दुवै पक्षलाई जानकारी हुनेछ भने विद्युतीय सुशासन प्रविधिले नागरिक र स्थानीय सरकारबीचको सम्बन्धमा सुधार हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.