भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तीन महिनादेखि भारतको मणिपुरमा हिंसा जारी

तीन महिनादेखि भारतको मणिपुरमा हिंसा जारी

एजेन्सी । भारतको मणिपुरमा हिंसा अझै जारी छ । तीन महिनाअघि सुरु भएको हिंसा भारतको मणिपुरमा अझै जारी रहेको हो । गत १९ जुलाईमा मणिपुरका २ महिलामाथि यौन दुव्यर्वहार गरेको भयावह भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्तर्राष्ट्रिय समुदायले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।

पछिल्लो २ दिनमा ६ जनाको मृत्यु भएको छ । हिंसा नियन्त्रणका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ जसमा प्रत्येक हरेक ७५ व्यक्तिका लागि एक सुरक्षाकर्मी खटाईएको छ । यद्दपी जति सुरक्षाकर्मी परिचालन गरिएतापनि हिंसा नियन्त्रणमा आएको छैन ।

मणिपुरमा मैतेई र कुकी समुदायका व्यक्तिहरु एक अर्कामाथि आक्रमण गर्न नपाउने भन्नका लागि दुवै क्षेत्रमा सुरक्षा घेरा बनाई बसेका छन् । मैतेई र कुकी समुदायका मानिसबीच तनाव कैयौं दशकयता चल्दै आएको छ । केही वर्षयता भने एक अर्काको जमिन कब्जा गर्ने निहुँमा हिंसा भड्केको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार यही वर्षको मे महिनाको सुरुवातमा भड्किएको हिंसामा अहिलेसम्म १ सय ६० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ५० हजारभन्दा धेरै मानिस विस्थापित हुँदा कैयौंको संख्यामा स्थानीयको घर जलाइएको छ । पछिल्लो समय क्वाता इलाकामा मैतेई समुदायका तीन व्यक्तिको निर्मम तरिकाले हत्या गरिएको छ ।

हिंसा गर्नेहरुले बन्दुक र मोर्टारले एक अर्कामाथि प्रहार गर्दा ६ जनाको मृत्यु भएको हो । यसअघि गत १९ जुलाईमा मणिपुरका २ महिलामाथि यौन दुव्यर्वहार गरेको भयावह भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्तर्राष्ट्रिय समुदायले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.