भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

तीन वर्ष सम्म बलात्कार गरेको आरोपमा कालिकोटमा वडाध्यक्ष शाही पक्राउ

तीन वर्ष सम्म बलात्कार गरेको आरोपमा कालिकोटमा वडाध्यक्ष शाही पक्राउ

३१ असार २०७७ कालिकोट । बलात्कार आरोपमा कालीकोटका एक वडा अध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाहीले १६ वर्षीया किशोरीलाई तीन वर्ष देखि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरीका आधारमा शाहीलाई पक्राउ गरिएको कालिकोटका डीएसपी श्यामबाबु ओलियाले बताए । बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान थालिएको डीएसपी ओलियाले जानकारी दिए ।

वडा अध्यक्ष शाहीलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.