भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

तेल ट्यांकरमा आगलागी, एकको मृत्यु

तेल ट्यांकरमा आगलागी, एकको मृत्यु

बारा । तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमलेखगञ्जस्थित आयल निगम भित्र ना.४ ख २६५६ नं. को पेट्रोल ट्यांकरमा आगलागी भएको हो । पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट भइ ट्यांकरको क्याबिनमा आगलागी हुँदा सहचालक श्रेष्ठ घाइते भएका थिए ।

शरीर जलेर गम्भीर घाइते भएका उनलाई अल्पाइन अस्पतालमा लगिएको थियो । थप उपचारका लागि काठमाडौं वर्न अस्पताल लगिएको थियो ।

शुक्रबार अस्पतालले उनको मृत्यु भएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.