भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने

तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने

हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिनुभयो । सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् ।

सम्मेलनमा करिब रु १५ लाख खर्च हुने आयोजकको अनुमान छ । तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेश नं १ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विसं २०७५

माघ २७ देखि २९ गतेसम्म प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार ः शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो । विसं २०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढाँै, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ ।

फरार दुई पक्राउ

वाग्मती प्रदेशअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले वन मुद्दा र बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार दुई जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले विसं २०७० जेठ १९ गते वन मुद्दामा दोषी ठहर गर्दै १६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार मकवानपुर मनहरि गाउँपालिका–६ का ३४ वर्षीय सञ्चलाल घलानलाई सोमबार पक्राउ गरेको हो ।

त्यसैगरी बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०७६ माघ २५ गते दोषी ठहर गर्दै रु चार लाख १८ हजार २५० जरिवाना तोकेको फरार रहेका मनहरि गाउँपालिका–६ का ३५ वर्षीय विनोद प्रजालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई सजाय भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.