भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय १३ अन्तर्राष्ट्रिय उडान

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय १३ अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एक सय १३ उडानरअवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान हुँदैछ ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

नेपालमा पर्यटकीय याम सुरु भएको र दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको सङ्ख्या बढेको छ । आन्तरिकतर्फ पनि उडान चाप रहेको छ ।

दैनिक दुईतर्फी तीन सय उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.