भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दश दिन बितिसक्दा पनि पाँच नेपालीको शव पहिचान भएन

दश दिन बितिसक्दा पनि पाँच नेपालीको शव पहिचान भएन

काठमाडौं । हमास युद्धको दश दिन बित्दा पनि पाँच नेपालीको शव पहिचान हुन सकेको छैन । दक्षिण इजरायलको किबुज अलुमिममा गत असोज २० मा प्यालेस्टिनी हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव अझै पहिचान हुन नसकेको हो ।

शव पहिचान हुन नसक्दा नेपाल ल्याउन ढिलाइ भएको छ । बाँकी पाँच शवको भने घटनाको भोलिपल्र्टै पहिचान खुलेको थियो । पहिचान हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट छन् ।

आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव भने पहिचान हुन बाँकी छ । बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूह हमासले आफूसँगै लगेको थियो । यसैगरी घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन् । सरकारले असोज २६ मा विमान पठाएर इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको उद्धार ग¥यो । इजरायलबाट थप १८ नेपाली नेपाल फर्केका छन् । उनीहरुको भाडा नेपाली दूतावासले बेहोरेको छ।

 


Thali Mobile Pvt.Ltd.