भर्खरै : Sorry, your browser does not support inline SVG.

थप १२४६ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो (जिल्लागत विवरण)

थप १२४६ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो (जिल्लागत विवरण)

काठमाडौं । थप १२४६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । देशभर ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपसहित संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमित मध्ये ३१७ जनाको मृत्यु भएको छ । ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कहाँ कति थपिए ?
काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ४९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन् । यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५/३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११/११ जना, बर्दियाका १० र बाग्लुङका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/983914758688971/

नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६/६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्यमन्त्रालयले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.