भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

दैलेखमा आइसीयू सेवा सुरू, सिकिस्तले पनि जिल्ला बाहिर जान नपर्ने

दैलेखमा आइसीयू सेवा सुरू, सिकिस्तले पनि जिल्ला बाहिर जान नपर्ने

काठमाडौं । दैलेख अस्पतालले सघन उपचार कक्षसहितको आइसीयू सेवा सञ्चालनमा ल्याएको छ । २ वटा भेन्टिलेटरसहित ५ शैयाको आइसीयू सेवा सञ्चालनमा ल्याएपछि दैलेखबासी खुसी भएका छन् ।

आइसीयू र भेन्लिेटरका असार अघि नै आएपनि अक्सिजनको अभावले रोकिएको थियो । १ करोड बजेटबाट भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा आएको दैलख अस्पतालका अध्यक्ष लोमन शर्माले कैलाश खबरलाई बताए । दम, श्वासप्रश्वास र अन्य गम्भिर प्रकृतिका रोगहरूको उपचार अब दैलेख अस्पतालमा नै हुने, घण्टौं लगाएर सुर्खेत, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता अन्त्य हुने अध्यक्ष शर्माले बताए ।

५० शैयाको दैलेख अस्पतालमा ६५ जना कर्मचारीको दर्बन्दी भएपनि अस्पतालमा विशेषज्ञ चिकित्सकको भने अझैपनि अभाव रहेको छ । आएसियु सेवालाई थप प्रभावकारी बनाउन मेडिकल अधिकृत र नर्सिङ स्टाफहरूलाई आवश्यक तालिमको लागि सुर्खेत पठाउन लागिएको बताए जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निराजन पन्तले बताए।

 


Thali Mobile Pvt.Ltd.