भर्खरै : Sorry, your browser does not support inline SVG.

थप ३४३९ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९४ हजार २५३ पुग्यो

थप ३४३९ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९४ हजार २५३ पुग्यो

काठमाडौं । थप ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । संक्रमित मध्ये ५७८ जनाको मृत्यु भएको छ ।

हाल सम्म ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार उपत्यकामा १६८४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२९६, ललितपुर २९३ र भक्तपुरका ९५ जना छन् ।

मोरङका ३२२ जना, सुनसरीका १९३, चितवनका १३१, रुपन्देहीका १३०, बाँकेका १०६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४/३४ जना, सप्तरी र कपिलवस्तुका ३३/३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२/२२ र लमजुङ र पाल्पाका १९/१९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषा र नवलपरासीका १८/१८ जना, सर्लाही र नवलपुरका १७/१७ जना, पर्सा र सिराहाका १५/१५ जना, बारा, गोरखा र तनहुँका १३/१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९/९ जना, रामेछापका ८, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका ५/५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४/४ जनामा पनि संक्रमण देखिएको छ ।

खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३र३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २/२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.