भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

दक्षिण कोरिया आगलागीमा ६० घर जलेर नष्ट

दक्षिण कोरिया आगलागीमा ६० घर जलेर नष्ट

दक्षिण कोरिया । दक्षिण कोरियाको एउटा गरीब बस्तीमा भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् । आगलागी भएपछि ५ सय भन्दा बढी मानिसहरूलाई अन्यत्र सारिएको छ । मानवीय क्षति भए नभएको बारेमा भने निक्र्यौल भइसकेको छैन । एका बिहानै लागेको आगो निभाउन ८ सय बढी अग्नि नियन्त्रक, प्रहरी र स्थानीयहरु परिचालन गरिएको छ ।

घना बस्ती रहेको गल्लीमा आगो निभाउन निकै मुस्किल भएको अधिकारीहरुले बताएका छन् । प्लास्टिक र प्लाइउडबाट बनेको झुपडीबाट आगो सल्किएको हो । बस्तीबाट सारिएकाहरुलाई स्थानीय विद्यालय, होटल र जीम सेन्टरहरुमा राखिएको छ । राजधानी सउलको गाङनाम जिल्लाको एउटा साँघुरो गल्लीमा आगलागी भएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.