File Photo
काठमाडौं । लोभ, लालच र लहलहैमा लागेर दलालहरुको चंगुलमा फस्ने महिलाहरुको ठूलो संख्या छ । केहीदिन अधि महिलाको ठूलो समूहलाई त्रिभुवन अन्तराष्ट्रिंय विमानस्थललमा रोकियो । दलालहरुले अन्य प्रायोजका निम्ति उनीहरुलाई विदेश लैजान लागेको आशंकामा अध्यागमन कार्यालयका अधिकारीहरुले रोकेका थिए ।
यतिका धेरै जनाले अध्यागमन कार्यालयले खोजेका कागजात थिएनन् । ती मध्ये कसै न कसैले त कागजात पेस गर्न सक्थ्य तर कसैले पनि पेस नगरेपछि उनीहरुलाई विदेश उड्नबाट रोकियो ।
सोलुखुम्बुका सन्जिता राई, भोजपुरका कविता राई डंगोल, देवकी राई, प्यामदेकी शेर्पा, झापाका सुनिता तामाङ, बर्दियाका सुकी विक, सिन्धुपाल्चोकका सुकुमाया तामाङ, कालिकोटका कमला बोहोरा, दाङका मोतीकला नेपाली, शान्तिदेवी विश्वकर्मा, सर्लाहीका पुनम थापा मगर, रसुवाका कल्पना थिङ, गोरखाका दुर्ग बानिया त्यो समूहमा थिइन् ।
त्यस्तै कैलालीका प्रिया धिताल, दैलेखकी सुनिता थापा, धादिङकी दुर्गा परियार, सुर्खेतकी गौरी बादी र सुनसरीकी माइती कुमारी विश्वकर्मा रहेका छन् । वैदेशिक रोजगारका लागि कतार हिँडेका पाल्पाका भरत झेन्डी, खेमबहादुर झेन्डी, लोहबिर झेन्डी मगर र शेरबहादुर झेन्डीलाई पनि अध्यागमन कार्यालयले रोकेर अनुसन्धान थाल्यो ।
उनीहरुसँग श्रम स्वीकृति नहुदा अफलोड गरिएको कार्यालयले जनाएको छ । प्रकृति फरक भएपनि भिजिट भिसामा युएई हिँडेका ठूलो संख्याका ती १८ जना महिलालाई अध्यागमन कार्यालयले प्रस्थान गर्न अनुमति अस्वीकार गरेको हो । गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरेको भनेर उनीहरुलाई अध्यागम कार्यालयले रोकेको हो ।
