भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

दिगो विकासका लक्ष्यहरूको प्रगति निकै निराशाजनक, १७ प्रतिशत लक्ष्य मात्रै सही ‘ट्रयाक’ मा

दिगो विकासका लक्ष्यहरूको प्रगति निकै निराशाजनक, १७ प्रतिशत लक्ष्य मात्रै सही ‘ट्रयाक’ मा

संयुक्त राष्ट्रसङ्घले दिगो विकासका लक्ष्यहरूको प्रगति निकै निराशाजनक रहेको जनाएको छ । दिगो विकास लक्ष्य एसडीजी पूरा हुने समय जम्मा ६ वर्ष मात्र बाँकी रहेको अवस्थामा विश्वव्यापी प्रगति चिन्ताजनक रहेको राष्ट्रसङ्घको नयाँ रिपोर्टले जनाएको छ । दिगो विकास लक्ष्यहरूमध्ये जम्मा १७ प्रतिशत मात्रै सही ट्र्याकमा रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव र पृथ्वीको समृद्धिका लागि सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घका १ सय ९३ सदस्य राष्ट्रले दिगो विकासका लक्ष्यहरूमा हस्ताक्षर गरेका थिए ।

सन् २०१६ देखि लागू गरेर २०३० सम्म यी लक्ष्यहरू पूरा गर्ने प्रतिबद्धता रहेको छ । तर अहिलेसम्म १७ वटा लक्ष्यमध्ये आधा लक्ष्यहरू न्यूनतम वा मध्यम प्रगतिको अवस्थामा रहेको र एकतिहाइ लक्ष्य निकै पछाडि रहेको रिपोर्टमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले दिगो विकासका लक्ष्यहरूको अहिलेको प्रगतिले संसारलाई नै असफल देखाएको बताए । शान्ति कायम राख्न, जलवायु परिवर्तनको सामना गर्न र अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिनका लागि दिगो विकासका लक्ष्य बेलैमा पूरा गर्न असफल हुने छुट नरहेको पनि गुटरेसले बताए ।

कोभिड–१९ महामारीको प्रभाव, बढ्दो द्वन्द्व, भू–राजनीतिक तनाव र बढ्दो जलवायुजन्य विपद्का कारण धेरै देशले दिगो विकासका लक्ष्यहरूलाई उत्साहजनक रूपमा अघि बढाउन नसकेको रिपोर्टमा उल्लेख छ । सन् २०२२ मा थप २ करोड ३० लाख जना मानिस चरम गरिबीमा धकेलिएका, सशस्त्र द्वन्द्वमा मारिने मानिसको सङ्ख्या पनि निकै बढेको, सन् २०२३ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको, विश्वव्यापी तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसको महत्त्वपूर्ण सीमा नजिक पुगेको लगायतका विषयले दिगो विकासका लक्ष्यहरूलाई चुनौती दिइरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

महासचिव गुटरेसले पछाडि परेका लक्ष्यहरू पूरा गर्नका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन जरुरी रहेको बताउँदै सन् २०३० को लक्ष्यबाट भाग्ने वा पछाडि फर्कने छुट कसैलाई नभएको पनि बताए। तर दिगो विकासका लक्ष्यका लागि विकासोन्मुख देशहरूले गर्नुपर्ने लगानीको अन्तर हरेक वर्ष ४० खर्ब अमेरिकी डलर पुगेकाले लक्ष्य पूरा हुनेमा चुनौती थपिएका विज्ञहरूले बताएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.