भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

आठबिस नगरपालिकामा रातारात कोटेशनमार्फत बजेट फर्चियौट, नागरिक आक्रोषित माग्न थाले सूचना

आठबिस नगरपालिकामा रातारात कोटेशनमार्फत बजेट फर्चियौट, नागरिक आक्रोषित माग्न थाले सूचना

काठमाडौं । दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा रातारात कोटेशनमार्फत बजेट फर्चियौट भएको भन्दै नगरबासीले सूचना माग गरेका छन् । नगरपालिकामा जनतालाई सूचना नै नदिएर लुकाउने गरेको व्यापक जनगुनासो आएको छ ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत र मेयरसंग बुझ्न खाेज्दा फाेन उठेन । कर्मचारीले भने यस विषयमा जानकार नरहेकाे बताए । कार्यलयमा नै गई बुझ्न खोज्दा सम्बन्धित पक्षले स्पस्ट जवाफ नदिएकोले नियमानुसार सुचना माग गरेको स्थानीय बताउँछन् । स्थानीयले सूचना मागेकाे
यस्तो छ सूचना माग

२०७३ फागुन २६ गते साविकका ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट, सिहासैन र तिलेपाटालाई एक आपसमा गाभेर ९ वटा वडामा विभाजन गरी नगरपालिकाको संरचना तयार पारिएको हो ।

कुल १६८ बर्ग किमी क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तह हो ।

भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा रहेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.