भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दिल्लीमा गर्मी बढेहँगै विद्यालय बन्द गर्न निर्देशन

दिल्लीमा गर्मी बढेहँगै विद्यालय बन्द गर्न निर्देशन

भारत । भारतीय राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हो ।

केही विद्यालय बन्द भईसकेका छन् भने केहीले बन्द गर्ने तयारी गरेका छन् । दिल्लीको अधिकतम तापक्रम ४७ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मौसम विभागले केहीदिनको लागि रेड अलर्ट जारी गरेको छ । भारतीय मौसम विभागले यो हप्ता दिल्लीमा अझै गर्मी बढ्ने पूर्वानुमान गरेको छ ।

तापक्रम बढेसँगै दिल्लीमा लू को लहरको अवधि पहिलेको भन्दा बढेको पाइएको छ । जनस्वास्थ्यका लागि पहिलेको भन्दा लूले गम्भीर असर देखाइरहेको हुनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.