भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई करोड ३६ लाख ६९ हजार ९२२ लागतमा तीनतले जनस्वास्थ्य कार्यालयको नयाँ भवन

दुई करोड ३६ लाख ६९ हजार ९२२ लागतमा  तीनतले जनस्वास्थ्य कार्यालयको नयाँ भवन

खोटाङ । जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको रु दुई करोड ३६ लाख ६९ हजार ९२२ लागतमा बनेको तीनतले भवन शुक्रबार निर्माण कम्पनीले जनस्वास्थ्य कार्यालयलाई बुझाएको छ । खानी निर्माण सेवा कम्पनीले चार वर्ष लगाएर निर्माण गरेको भवनमा २८ वटा कोठा छन् । भवनभित्रै चिसो र तातोपानीको व्यवस्था रहने गरी भौतिक संरचना निर्माण गरिएको निर्माण कम्पनीका प्रतिनिधि दिनेश पौडेलले जानकारी दिनुभयो । भवनको पहिलो तलामा प्रयोगशाला तथा आकस्मिक कक्षसहितको सेवा उपलब्ध गराउने गरी तयारी गरिएको अस्पताल विकास तथा सञ्चालक समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । दोस्रो तलामा कार्यालय रहने र तेस्रो तलामा कर्मचारी आवास रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

विसं २०७३ वैशाख ३० गते सम्झौता गरेर २०७७ असोज ३० गते भवन निर्माण सम्पन्न गरिए पनि कोभिड–१९का कारण भवन हस्तान्तरणमा केही ढिलाइ भएको थियो । नयाँ भवनबाट कार्यालयका सम्पूर्ण उपकरण व्यवस्थापन गरी चाँडै सेवासुविधा उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख छविलाल आचार्यले जानकारी दिनुभयो । विसं २०४८ मा स्थापित जिल्ला अस्पतालमा भौतिक संरचना नहुँदा कार्यसम्पादनमा समस्या हुँदै आएको थियो । स्थापनाकालदेखि हालसम्म १५ शय्या सञ्चालन हुँदै आएको जिल्लाको एक मात्र सरकारी अस्पताललाई यस वर्ष ५० शय्यामा स्तरोन्नति गर्ने तयारी गरिएको जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.