काठमाडौं । दुई वर्ष अघि शरीरमा सामान्य असर देखिएपछि डाक्टरकहाँ पुगेका लोक बहादुरको ल्याव रिर्पोटबाट पत्ता लाग्यो कि मृगौला बिग्रिएको छ भन्ने कुरा । उनी भारतबाट जन्मघर ठाटीकाँध गाउँपालिका तोलिजैसी लागे र सिदै काठमाडौं आएर चेकअप गराए । चेकअपले दुबै मृगौला फेल छ भनेर जिस्ट रिर्पोट दियो ।
आर्थिक अवस्था अत्यन्तै कम्जोर र परिवारको एकमात्र सहारा लोगबहादुर मर्नु न बाँच्नुको अवस्थामा पुगे । एक छोरा दुइ छोरीका बाबु लोगबहादुरलाई ढाडस दिईन उनकी श्रीमतिले । घरको अवस्थाले धानेसम्म डाइलायसिस त गरे तर, आर्थिक अवस्था नाजुक हुँदै गएपछि उनका अगाडी थलापर्नु बाहेक विकल्प रहेन । अन्दाजी चार पाँच वर्षको उनको छोराले काठमाडौमा वोतलको पानी बेचेर आएको पैसाले उपचार र चारजनाको परिवारका लागि खानेकुरा जुटाउने गरेका छन् ।
श्रीमानको लताकपडा धुन र उनको स्याहार सुसारमै दिन वित्ने गरेको छ श्रीमतिको । कैलाश खबर डटकम अनलाइनमा लोगबहादुरको बिषयमा प्रकाशित समाचार पढेर विभिन्न देशमा काम गर्ने नेपालीबाट संकलित सहयोग रकम आज हस्तान्त्रण गरिएको छ । रोजगारीका लागि भारतको मुम्बई पुगेका समाजसेवी तथा गेलाल लुहार एकता समाज मुम्बईको संयोजकत्वमा तथा आठबीस सहकारी सस्थाको पहलमा मुम्बैमा कार्यरत नेपालीहरुको सहयोगमा संकलन भएको नेपाली ४० हजार ८ सय रुपयाँ पीडित विक परिवारलाई बरिष्ठ संगीतकार एवं गायक कमल सौरागको हातबाट हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै सौरागले परोपकारी कार्य गरी लोगबहादुरको जीवन बचाउन योे अभियानमा सहयोग गर्ने देश, विदेशका सहयोगी दातालाई धन्यवाद दिए । दीनदुखिहरुको सहयोगका लागि आफू निरन्तर लागि रहेको भन्दै सौरागले कैलाश अभियानमा साथ दिएर गरिब निमुखा असाहायको जीवन रक्षामा सहयोग पु¥याउन अनुरोध गर्दै सहयोग गर्न चाहनेहरुले सेवा नै धर्म सम्झेर कैलाश अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए ।
त्यसैगरी कैलाश खबरका डाईरेक्टर विनोद विश्वकर्माले सहयोगीहातहरुलाई धन्यवाद दिए । आफु माध्यम भएर सहयोगीको सहयोग हस्तान्त्रण गर्न पाउदा खुसी भएको बताए । सहयोग प्राप्त गरेपछि लोगबहादुरले आफ्नो दु:खमा साथ सहयोग गर्न अभियान सुरु गर्ने कैलाश खबर र सहयोग गर्ने विश्वभरका सहयोगी सबैलाई धन्यवाद दिए । अत्यन्तै गरिब परिवारमा जन्मेका लोगबहादुर विक हुन ।
परिवारको एकमात्र कमाईधमाई गर्ने आफ्नो दुबै मृगौला फेलभएर जिन्दगी जिउन निकै संघर्ष गर्दै आएको बताए । उपचार गर्छु भनेर अशक्त शरीर लिएर दैलेखबाट काठमाडौ आएका लोगबहादुरलाई लकडाउन र कोरोना महामारीले विभिन्न कष्ट र चुनौती झेल्दै बसिरहेको बताए । उनको उपचारका लागि छोरा र श्रीमतीले राती एक बजेबाट चिया र पानी बेच्दै आएको बताए ।
उपचारका लागि ६/७ लाख लाग्ने चिकित्सकले सल्लाह दिएकाे बताए । चिसाे माैसम भएकाले सुनिने समस्या भएकाे भन्दै मृगाैला प्रत्याराेपण गर्नु पर्ने जसका लागि श्रीमती र आमाले मृगाैला दिने निधाे गरेकी छन् । राती दुइ बजे उठेर चिया बेच्दै श्रीमानकाे जीवन बचाउन अहाेरात खट्ने गरेकाे श्रीमतीकाे भनाइ छ । मृगाैला त दिन्छु तर प्रत्याराेपण गराउने रकम कसरी जुटाउने भन्ने चिन्ता लागेकाे उनकी श्रीमतीले बताइन् ।
गेलाल लुहार नेपाली एकता समाज सहयाेग
१. अध्यक्ष रण बहादुर गेलाल आनपा (मणासैन)
२. उपाध्यक्ष सिँह बहादुर गेलाल आन पा (९ छेपाडी)
३. सचिब प्रेम बहादुर गेलाल आनपा(९ छेपाडी)
४. कोषाध्यक्ष अमित बहादुर गेलाल (लम्की चुवा नपा २ कैलाली)
५. सह सचिव भिम बहादुर गेलाल (तेलपानी सुर्खेत)
६. सदस्य पैल बहादुर गेलाल (लम्की चुवा नपा २ कैलाली)
७. ललित बहादुर गेलाल (लम्की चुवा नपा २ कैलाली)
८. गोपाल बहादुर गेलाल (पहलमानपुर कैलाली)
९. अर्जुन बहादुर गेलाल (तेलपानी सुर्खेत)
१०. अम्बर बहादुर गेलाल (आनपा छेपाडी)
११. पुरन बहादुर गेलाल (आनपा बेरुपाटा)
१२. कमल बहादुर गेलाल (आनपा सिंहासैन)
१३. हरि बहादुर गेलाल (आनपा मणासैन)
जम्मा रकम : २० हजार ८ सय
दैलेखी आठबीस सहकारी संस्था मुम्बई सहयाेग
१.अध्यक्ष अमित बहादुर गेलाल (लम्की चुवा नपा २ कैलाली)
२. उपाध्यक्ष मधुप्रसाद खनाल (आनपा १ सातला)
३. सचिब धिरेन्द्र बिक (आनपा राकम)
४. कोषाध्यक्ष पदम तिमिल्सिना (आनपा बेरुपाटा)
५. सह-सचिव प्रेम बहादुर गेलाल (आनपा९छेपाडी)
६. सदस्य केशब बिक (आनपा राकम)
७. अम्मर बहादुर गेलाल (आनपा छेपाडी)
८. नमराज तिमिल्सिना (आनपा बेरुपाटा)
९. रोशन बिक (आनपा राकम)
१०. प्रेम बिक (आनपा निमायल)
११. सपेन्द शाही (आनपा अमकाना)
१२.धिरेन्द तिरुवा (आनपा बिसाला)
१३. नमराज बिक (आनपा जाक्सि)
१४. भरत बिक (आनपा राकम)
१५. भरत बि क (आनपा निमायल)
१६. बिमला बिक (आनपा राकम)
१७. मानबिरे बिक (आनपा निमायल)
१८. अरुण बिक (घाटगाउँ सुर्खेत)
१९. कर्ण बिक बास्कुटे (आनपा बेरुपाटा)
२०. अम्मर बिक (आनपा राकम)
२१. मनिराज खनाल (आनपा सातला)
२२. करुणाखर तिमिल्सिना (लम्की चुवा नपाकैलाली)
जम्मा रकम : १६ हजार
अन्य सहयाेगी
१. बिसाल गेलाल (तेलपानी सुर्खेत) रू ८००
२. सन्तोष तिरुवा (चिसापानी कैलाली) रु ८००
३. धिरज बास्काेटे(लम्किचुवा कैलाली)रु ८००
४. प्रकाश बेरुपाटे(लम्किचुवा ७ कैलाली) रु ८००
५. निरक बेरुपाटे (आनपा बेरुपाटा) रु ८००
६. सुबमँ गेलाल (आनपा बेरुपाटा)रु ३२०
७. भिमबहादुर बास्काेटे (आनपा बेरुपाटा) रु ३२०
जम्मा रकम : ४ हजार ६ सय ४०
IME TAX काटेर जम्मा रकम ४० हजार ८ सय रकम हस्तान्त्रण ।
८. ललित खत्री (डढेल्धुरा) ९०० गरी प्राप्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा संगीतकार सौराग, डाइरेक्टर विनोद विक, सम्पादक अंजिरसिह विक, भिडियो सम्पादक विमल विक र बजारव्यवस्थापक जीवन विकलगायतको सहभागीता रहेको थियो ।
हेर्नुहाेस् भिडियाे…
Uploading Video…
