गुल्मी जीप दुर्घटनामा पाँच जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गुल्मी जीप दुर्घटनामा पाँच जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गुल्मी । जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घाइते दुईको अवस्था पनि गम्भीर छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा इश्मा ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले बताए।

दुर्घटनामा घाइते भएका सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्भीर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताए। दुर्घटनामा जीप भिरबाट ४ सय मिटरभन्दा तल खसेको र चालक सकुसल रहेको बताईएको छ ।

 


Thali Mobile Pvt.Ltd.