भर्खरै : Sorry, your browser does not support inline SVG.

दुवईबाट १८४ यात्रु बोकेर आएको विमान दुर्घटना, १७ जनाको मृत्यु

दुवईबाट १८४ यात्रु बोकेर आएको विमान दुर्घटना, १७ जनाको मृत्यु

२४ साउन २०७७ काठमाडौं । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

चालक दलका ६ सदस्यसहित दुवईबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको १३४४, बोइंग विमानमा १० बालबालिकासमेत रहेका थिए ।

उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ नेपाली समय अनुसार ७ ४५ बजे दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनामा १७३ जना घाइते भएका छन् । त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था चिन्ताजनक रहेको छ ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.