भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

देउवालाई हातमा लिएर ओलीलाई ठिक पार्ने दाहाल–नेपालको रणनीति

देउवालाई हातमा लिएर ओलीलाई ठिक पार्ने दाहाल–नेपालको रणनीति

काठमाडौँ । विभाजित नेकपाको दाहाल–नेपाल पक्षले कांग्रेस सभापति देउवालाई हातमा लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठिक पार्ने रणनीति लिएको छ ।

काग्रससंग मोर्चाबन्दी गरेर आन्दोलनमा जान बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर प्रचण्ड माधवले फकाउने प्रयास गरे । संसद विघटनविरुद्ध संयुक्त आन्दोलनदेखि चुनावी तालमेलसम्मका विषय छलफल गरेर फर्किएको स्रोतको दावी छ ।

संसद पुनर्स्थापित भएमा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउने र त्यसपछिको संयुक्त सरकारमा देउवा सहभागी गराउने विषयमा देउवासंग छलफल भएको हो । प्रतिनिधसभा पुनर्स्थापना भएको अवस्थामा प्रधानमन्त्री को हुने भन्नेमा दाहाल–नेपालले प्रष्ट प्रस्ताव नराखेपछि देउवाले अदालबाट हुने फैसलाकै आधारमा अघि बढ्ने जवाफ दिएको स्रोतले बतायो ।

 


Thali Mobile Pvt.Ltd.